दुर्गम बस्ती खल्लामछेट्टी गाँउमा महाकाली बहुप्राविधिक शिक्षालयको निःशुल्क स्वास्थ्य शिबिर 

कञ्चनपुर, जेष्ठ २४ ।

कञ्चनपुरको उत्तरी चुरे दुर्गमबस्ती खल्लामछेट्टी गाँउमा महाकाली बहुप्राविधिक शिक्षालयले निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीमा महाकाली बहुप्राविधिक शिक्षालयले एकदिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको हो । भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा शिक्षालयले एकदिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको जनाएको छ ।

महाकाली बहुप्राविधिक शिक्षालयका निर्देशक परमल सिह साउदले ग्रामिण भेगका नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउने उदेश्यका साथ निःशुल्क शिबिर आयोजना गरिएको बताए । निर्देशक साउदका अनुसार विषेयज्ञ सेवा सहितको शिबिरमा चेकजाँच, ल्याब, औषधी उपचार, परामर्स दिईएको छ । ५४ महिला, ३९ महिला गरेर गाँउभरीका ९३ नागरिकले शिबिरबाट लाभ लिएका छन ।गाँउमै विशेषज्ञ स्वास्थ्य सेवा दिएपछि स्थानीय हर्षित भएका छन । स्थानीयले महाकाली बहुप्राविधिक शिक्षालयकै पहल प्रयासबाट गाँउमै विशेषज्ञ सेवा पाएको अनुभव व्यक्त गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरपालिका प्रमुख पदम बोगटीले महाकाली बहुप्राविधिक शिक्षालयले ग्रामिण भेगका गरेको कार्यक्रमबाट नागरिकले घरमै स्वास्थ्य सेवा पाएको बताए । भीमदत्त नगरपालिका मातहत रहेको महाकाली बहुप्राविधिक शिक्षालयले आगामी दिनमा पनि यस्तै ग्रामिण भेगका निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेर नागरिकलाई घरमै सेवा प्रदान गर्ने बताए । उक्त स्वास्थ्य शिबिरमा जनप्रतिनिधी, कर्मचारीदेखि सरोकारवालाको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.