बैतडीमा जिप दुर्घटना, चालक घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानिमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिप दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।

मंगलबार बिहान ११ बजे म. १ ज.१३९ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ९ तल्लादेही बस्ने  ३० वर्षिय चालक कर्णबहादुर बोहरा गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिँहले बताए ।

चालक बोहराको छाती र टाउकोमा चोट लागेको छ । दुर्घटनाका बेला जिपमा सवार एक जना यात्रु भने सामान्य घाइते भएका छन्। सामान्य घाइते हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ८ बस्ने २४ वर्षिय बागमती साउद रहेका छन । घाइते साउदको दाहिने आँखामा चोटलागेको स्रोतमा उल्लेख गरिएको छ ।

जिप दुर्घटनामा घाइते दुवै जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिपमा २ जना मात्र सवार रहेको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.