प्रधानमन्त्री बालेनले सेयर गरे दार्चुलाको अपि हिमाल बेस क्याम्पमा क्रिकेट खेल्दै गरेको भिडिओ

दार्चुला । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले दार्चुलाको अपि हिमाल बेस क्याम्पको भिडिओ साझा गरेका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा अपि हिमाल बेस क्याम्पमा क्रिकेट खेल्दै गरेको भिडियो साझा गरेका हुन् ।

भिडियोमा अपि हिमाल बेस क्याम्पको उच्च हिमाली वातावरणमा क्रिकेट खेलिएको दृश्य देखिन्छ । हिमालय भट्टले खिचेको सो भिडियो प्रधानमन्त्री शाहले आफ्नो फेसबुक पेजमा पोस्ट गरेका हुन् ।

अपि हिमाल बेस क्याम्प सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित एक प्रख्यात पर्यटकीय गन्तव्य हो । सुदूरपश्चिमकै सबैभन्दा अग्लो हिमालका रूपमा रहेको अपि हिमाल विदेशी पर्यटकको आकर्षण र गन्तव्यका रूपमा परिचित छ ।

यो हिमालको उचाइ ७ हजार १३२ मिटर छ । अपि हिमाल दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्दछ ।

अपि नाम्पा संरक्षण क्षेत्रभित्र सात हजार १३२ मिटर उचाइको अपि हिमाल, छ हजार ७५७ मिटर उचाइमा रहेका नाम्पा हिमाल, छ हजार ८५० मिटर रहेको कापाचुली हिमाल, जेठबुहारी, व्यास हिमाललगायतका उच्च हिमशृङ्खला रहेका छन् ।

अपि नाम्पा संरक्षण क्षेत्रमा हिउँचितुवा, रेड पान्डा, मृग, रतुवा, घोरल, नाउर, झारल, कालो भालु, दुम्सी, थारलगायत वन्यजन्तु तथा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरालगायत दुई सयभन्दा बढी प्रजातिका चरा पाइने गर्छन् ।

 

Leave A Reply

Your email address will not be published.