दार्चुलाको महाकाली नगरपालिकाको स्वास्थ्य शाखाले सन्चालन गरेको ३ दिने डेंगीको लार्भा खोज र नष्ट गर अभियमा मंगलबार सम्पन्न भएको छ ।
आइतबारबाट सन्चालन गरिएको डेंगीको लार्भा खोज र नष्टगर अभियान अन्तरगत महाकाली नगर पालिकाको वडा नम्बर ४ बांगाबगड र बजार क्षेत्रका ९ सय ५४ घरधुरीमा अनुगमन तथा निरीक्षण गरिएको छ ।
अभियानलाइ बिशेषगरी नगरपालिकाको बढी जनघनत्व भएको वडा नम्बर ४ र ५ को बजारमा क्षेत्रमा केन्द्रित गरिएको थियो । वडा नम्बर ४ मा सिनियर अनमी हरीदेवी खत्रीको नेतृत्वमा बांगाबगड क्षेत्रमा र सिनियर अहेव अनिरुद्र धामीको नेतृत्वमा खलंगा बजार क्षेत्रमा टोलि परिचालन गरिएको थियो ।
त्यसैगरी वडा नम्बर ५ मा पनि दुइवटा टोलि परिचालन गरिएको महाकाली नगरपालिका स्वास्थ्य शाखाका सिनियर अनमी लालजिरा रावतले जानकारी दिनुभयो । आज तेस्रोदिन सिनियर अनमी हरीदेवी खत्रीको नेतृत्वमा बांगाबगड क्षेत्रमा खटिएको टोलिले ५४ घरधुरीमा रहेका पानीका ट्यांकी तथा पानी जम्ने ठाउँको अनुगमन गरेको छ ।
अनुगमन गरिएका ५४ घरधुरीमध्ये एउटा घरधुरीमा डेंगी सार्ने एडिस जातको लामखुट्टेको लार्मा तथा लामखुट्टे भेट्टिएको आधारभुत स्वास्थ्य केन्द्र बांगा बगडमा कार्यरत सिनियर अनमी तथा टोलि प्रमुख हरीदेवी खत्रीले जानकारी दिए ।
अनुगमनका क्रममा लार्मा तथा लामखुट्टे भेट्टिएका पानीका ड्रम खालीगर्न लगाइ सफागर्न लगाउनुका साथै सम्बन्धित घरधनी हरुलाइ डेंगी संक्रमण, यसका लक्षण र यसबाट जोगिन के–के गर्नु पर्छ भन्ने बिषयमा समेत जानकारी गराउने गरेको उनले बताए ।
यसअघि आइतबार र सोमबार उक्त टोलिले बांगाबगडमा रहेका ३ सय २८ वटा घरधुरीमा अनुगमन तथा निरिक्षण गरेको थियो । त्यसैगरी सिनियर अहेव अनिरुद्र धामीको नेतृत्वमा खटिएको अर्को टोलिले मंगलबार महाकाली नगरपालिका वडा नम्बर ४ को बजारक्षेत्रमा रहेका घरधुरीहरुमा अनुगमन गरेको छ ।
उक्त टोलीले आज तेस्रोदिन १ सय ७९ घरधुरीमा अनुगमन गरेको टोलीप्रमुख सिनियर अहेव अनिरुद्र धामीले बताए । अनुगमन गरिएका १ सय ७९ घरधुरी मध्ये ९ वटामा डेंगी सार्ने एडिस जातको लामखुट्टेको लार्मा तथा लामखुट्टे भेट्टिएको सिनियर अहेव धामीले बताए ।
अनुगमनका क्रममा लार्मा तथा लामखुट्टे भेट्टिएका पानीका ड्रम खालीगर्न लगाइ सफागर्न लगाइएको उनले बताए । यसअघि उक्त टोलिले आइतबार र सोमबार बजार क्षेत्रका ३ सय ९३ घरधुरीमा अनुगमन गरेको थियो ।
वडा नम्बर ४ को बजार क्षेत्र र बांगाबगड क्षेत्रमा गरी कुल ९ सय ५४ घरधुरीमा अनुगमन गरिएको सिनियर अहेव अनिरुद्र धामीले बताए ।
अनुगमन गरिएका वडा नम्बर ४ का ९ सय ५४ घरधुरीमध्ये ३० वटा घरधुरीमा डेंगी सार्ने एडिस जातको लामखुट्टेको लार्मा तथा लामखुट्टे भेट्टिएको आधारभुत स्वास्थ्य केन्द्र बांगाबगडमा कार्यरत सिनियर अनमी तथा टोलि प्रमुख हरीदेवी खत्रीले जानकारी दिए ।