लेकमको लटिनाथ माविका ३१० विद्यार्थीलाई हाइजिन किट वितरण

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–५ चौपातास्थित लटिनाथ माध्यमिक विद्यालयमा ३१० जना विद्यार्थीलाई हाइजिन किट वितरण गरिएको छ।

समुदायमा आधारित बाल तथा मातृ पोषण कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको स्वास्थ्य तथा सरसफाइ प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

पोषण अधिकृत कुमार सन्जेलका अनुसार विद्यालयका ३१० विद्यार्थीलाई आवश्यक हाइजिन सामग्रीसहित किट वितरण गरिएको हो।

कार्यक्रममार्फत बालबालिकामा व्यक्तिगत सरसफाइको महत्वबारे सचेतना फैलाउने लक्ष्य राखिएको उनले जानकारी दिनुभयो।

कार्यक्रममा लेकम गाउँपालिकाकी लेखा अधिकृत ममता बिष्ट प्रमुख आतिथ्यतामा रहनुभएको थियो।

कार्यक्रममा लेखा अधिकृत बिष्ट तथा लटिनाथ माविका प्रधानाध्यापक केशवराज बिष्टले शुभकामना तथा सन्देशमूलक मन्तव्य व्यक्त गर्नुभएको थियो।

सोही अवसरमा पोषण अधिकृत कुमार सन्जेलले बाल तथा मातृ पोषण सम्बन्धी विषयमा सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो। कार्यक्रम सञ्चालन पोषण अधिकृत कृष्ण गुरुङले गर्नुभएको जानकारी पनि दिइएको छ।

Leave A Reply

Your email address will not be published.