भीमदत्त नगरपालिकाद्वारा दलित छात्रालाई साईकल वितरण 

कञ्चनपुर, ५ असार ।

कञ्चनपुरको एक स्थानीय सरकारले दलित विद्यार्थी(छात्रा)लाई साईकल वितरण गरेको छ । भीमदत्त नगरपालिकाले दलित विद्यार्थी(छात्रा)लाई साईकल वितरण गरेका हो ।

दलित समुदायका छात्राहरूलाई अध्ययनमा सहजता ल्याउने उद्देश्यले साइकल वितरण गरेको जनाएको छ । शुक्रबार आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका छात्राहरूको शैक्षिक पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित नगरपालिकाले ३७ जना दलित छात्रालाई साइकल हस्तान्तरण गरेको हो । नगरका १९वटै वडाबाट साईकल लिन नगरपालिका पुगेका दलित समुदायका छात्रा खुसी हुदै साईकल चढेर घरतिर लागेका छन ।

नगरप्रमुख पदम बोगटीले छात्राहरूलाई साइकल वितरण गर्दै शिक्षा नै समाज परिवर्तनको प्रमुख आधार भएको बताए । मेयर बोगटीले भौगोलिक दूरी, आर्थिक अवस्था तथा यातायातको अभावका कारण धेरै छात्राहरूले अध्ययनमा विभिन्न कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै यस्ता कार्यक्रमले उनीहरूलाई विद्यालय तथा कलेजसम्म नियमित रूपमा पुग्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन । सहभागीहरूले शिक्षा क्षेत्रमा नगरपालिकाले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा समेत यस्ता लक्षित कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए । साइकल प्राप्त गरेका छात्राहरूले नगरपालिकाको पहलप्रति खुशी व्यक्त गर्दै यसले विद्यालय तथा कलेज आउजाउ गर्न सहज हुने बताएका छन् । भीमदत्त नगरपालिकाले दलित समुदायका विद्यार्थीको पठन पाठनमा थप कार्यक्रम गर्दै जाने प्रतिबद्धता जाहेर गरेको छ ।

 

 

Leave A Reply

Your email address will not be published.