धन सिह धामी
कञ्चनपुर ११ असार ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–०३ ले वडाको कार्यसम्पादनलाई सहज बनाउन स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीहरुलाई झोला वितरण गरेको छ ।
बिहीबार वडा कर्मचारी,स्वयमसेविका तथा स्वास्थ्य कर्मचारी गरी जम्मा १७ जनालाई वडाको विविध खर्चबाट कार्यमा सहजता हुने हेतुले झोला वितरण गरेको हो ।

वडा अध्यक्ष हरि सिह धनाडिका अनुसार काम गर्ने कर्मचारीहरुको कार्यमा थप सहजता मिल्ने उदेश्यका साथ उक्त कार्यक्रम गरेको बताए छन । उक्त झोला वितरण पछि वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीहरूलाई औषधी तथा आवश्यक सामग्री सुरक्षित रूपमा राखेर कार्य सम्पादन गर्न सहज होस भन्ने उद्देश्य रहेको वडा अध्यक्ष हरि सिह धनाडिले वताउनु भयो ।
साथै उहाले वडा बाट वितरण भएका झोलाहरुको दुरुपयोग नगर्न स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीलाई निर्देशन समेत गर्नु भएको छ ।