कञ्चनपुर
कञ्चनपुर उद्योग वाणिज्य संघले प्रहरीलाई होन्डा साईकल सहयोग गरेकोे छ । वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई साईकल सहयोग गरेको हो ।
महेन्द्रनगर बजार क्षेत्रमा गस्ती गर्नका लागि साईकल र लागु औषध नियन्त्रणका लागि लागु औषध जाँच गरिने किड पनि सहयोग गरेको जनाएको उद्योग वाणिज्य संघले जनाएको छ ।
सोमबार एक कार्यक्रमका विच कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले प्रमुख जिल्ला अधिकारी मदन कोईराला, कञ्चनपुर प्रहरी प्रमुख९एसपी० नेत्रमणी गिरीलाई हस्तान्तरण गरेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत हेमराज भट्टले बजार क्षेत्रमा गस्तीका साथै लागु औषध पहिचान गर्दै निर्मुलका लागि किड समेत सहयोग गरिएको बताए । उनका अनुसार ५ थान साईकल र ५ थान किड समेत हस्तान्तरण गरिएका छन । साईकल ग्रहण गर्दै कञ्चनपुरका प्रहरी प्रमुख नेत्रमणी गिरीले छोटो दुरीमा प्रहरीलाई गस्तीका लागि सहज हुने बताए । एसपी गिरीले आवश्यकता अनुरुप साईकलमा गस्ती गरेर अपराध नियन्त्रण गरिने विश्वास दिलाए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले निजी क्षेत्रमा समुदायमा हुने अपराधजन्य गतिबिधी नियन्त्रणका लागि प्रहरीलाई दिएका स्रोत साधन सदुपयोग गर्दै नागरिक सुरक्षामा खटिने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले वाणिज्य संघले समाजिक उत्तरदायित्व अन्र्तरगतका प्रहरीलाई उक्त सहयोग गरिएको बताए । गत विगतमा समेत उद्योग वाणिज्य संघले प्रहरीलाई गस्ती गर्नका लागि भौतिक समाग्री सहयोग गर्दै आएको छ । साईकल हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी, सदस्य सहितका सुरक्षा निकाय, प्रशासनिक निकायदेखि सरोकारवाला सहभागि भएका थिए ।