दार्चुलामा प्रथम ‘लिपुलेक कप’ भलिबल प्रतियोगिता आयोजना हुने

दार्चुला । ‘खेलको विकास, राष्ट्रको गौरव’ भन्ने मूल नाराका साथ दार्चुलामा प्रथम ‘लिपुलेक कप’ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा आगामी कात्तिक १० गतेदेखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गरिसकेका भलिबल खेलाडीहरूको पहलमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी अघि बढाइएको छ। प्रतियोगितालाई व्यवस्थित, भव्य र सफल रूपमा सम्पन्न गर्न आर्थिक तथा अन्य आवश्यक सहयोगका लागि आयोजकले सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन्।

हाल अस्ट्रेलियामा रहेका पूर्व राष्ट्रिय भलिबल टोलीका सदस्य राजेन्द्र विष्ट र भलिबल खेलाडी धनराज कुँवरको विशेष पहलमा प्रतियोगिता आयोजना गर्न लागिएको राष्ट्रिय भलिबल खेलाडी बलदेव सिंह धामीले जानकारी दिए।

धामीका अनुसार जिल्लामा भलिबल खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा स्थानीयस्तरमा खेलकुदको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिताले दार्चुलामा भलिबल खेलको विकाससँगै जिल्लाबाट राष्ट्रियस्तरमा खेलाडी उत्पादन गर्न थप सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.