सुदूरका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुसंग अभिमुखिकरण

धन सिंह धामी
कञ्चनपुर
सामुदायिक विद्यालयको बृद्धि विकासका लागि सुदूरपश्चिम प्रदेशका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसंग अभिमुखिकरण गोष्ठी शुरु गरिएको छ । शिक्षा विकास निर्देशनालय राजपुर दिपायल डोटीले कञ्चनपुर महेन्द्रनगरमा प्रदेशका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसंग अभिमुखिकरण गोष्ठी शुरु गरिएको हो ।
समाजिक विकास मन्त्रालय मातहत रहेको शिक्षा विकास निर्देशनालयले साविक शिक्षा तालिम उपकेन्द्र महेन्द्रनगरमा मंगलबारदेखि अन्तरकृया गोष्ठी कार्यक्रम गरेको जनाएको
छ ।
गोष्ठीको एक कार्यक्रमका विच उद्घाटन गर्दै शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले सामुदायिक विद्यालयको चौतर्फि बृद्धि विकासका लागि समितिका अध्यक्षहरुको क्षमता अभिबृद्धिका लागि गोष्ठी आयोजना गरिएको छ । महानिर्देशक विष्टका अनुसार प्रदेशका ९वटै जिल्लाका सामुदायिक विद्यालय व्यवस्थापन समितिका चार÷चार अध्यक्षहरुको सहभागिता रहेको थियो । उच्च नतिजा ल्याउने मध्ये २÷२ र कमजोर नतिजा ल्याउने मध्ये २÷२ विद्यालयका अध्यक्षहरु सहभागि भएका छन ।
‘विद्यालय व्यवस्थापन समिति विद्यालयको सफल सञ्चालन, सुशासन, पारदर्शिता र गुणस्तरीय शिक्षाको आधारस्तम्भ हो, विद्यालयको समग्र विकासमा व्यवस्थापन समितिको नेतृत्व, दूरदृष्टि र सक्रिय सहभागिताले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, ‘महानिर्देशक विष्टले भने, ‘आजको यो गोष्ठीले विद्यालय व्यवस्थापनका असल अभ्यासहरू आदानप्रदान गर्ने, देखिएका चुनौतीहरू पहिचान गर्ने र आगामी कार्यदिशा तय गर्ने अवसर प्रदान गरेको छ। यहाँ भएका छलफल र सुझावहरूलाई सम्बन्धित निकायले नीतिगत तथा कार्यक्रमगत रूपमा उपयोग गर्ने विश्वास लिएको छु।’


महानिर्देशक विष्टले आजको समयमा विद्यालयले केवल पठनपाठन मात्र होइन, विद्यार्थीमा नैतिकता, अनुशासन, सीप, प्रविधिमैत्री सोच र जीवनोपयोगी क्षमता विकास गर्नुपर्ने आवश्यकता यसका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय तह र समुदायबीच बलियो सहकार्य अपरिहार्य रहेको बताए । कार्यक्रममा शिक्षासग सम्बन्धीत सरोकारवालाहरुले उक्त कार्यक्रमबाट सामुदायिक विद्यालय व्यवस्थापन समितिविच एक आपसमा पारम्परिक सिकाई अनुभव आदान प्रदान हुने बताएका छन । उद्घाटन कार्यक्रममा भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले सामुदायिक विद्यालयको बृद्धि विकासका लागि व्यवस्थापन समितिको भूमिका महत्वपूर्ण हुने औल्याए । शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख दीपकराज कलौनीले पनि माध्यामिक तहका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुका लागि ल्याएको उक्त कार्यक्रमबाट थप सामुदायिक विद्यालय सुधार हुने अपेक्षा राखेका छन ।
उद्घाटन कार्यक्रममा कञ्चनपुरको महेन्द्रनगर मावि९साधारण स्कुल०का अध्यक्ष समेत रहेका सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघका महासचिव बिरेन्द्रराज विष्टलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ। शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले दोसल्ला ओढाएर सम्मान गरिएको हो । साविक शिक्षा तालिम उपकेन्द्र महेन्द्रनगरका सहायक प्रशासक मदनराज जोशीले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघका महासचिव विष्टले सामुदायिक विद्यालयको बृद्धि विकासदेखिका सामुदायिक विद्यालय बनाउन भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको बताए । शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्ट सहित उपसचिव मदनराज जोशी, विद्यालय निरीक्षक राजेन्द्र भट्ट, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघका महासचिव बिरेन्द्रराज विष्ट सहितका शिक्षा क्षेत्रका प्रतिनिधीहरुले सामुदायिक विद्यालय बृद्धि विकासका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । गोष्ठीमा सहभागि सुदूरपश्चिम प्रदेश सामुदायिक विद्यालयका अध्यक्षहरुले सामुदायिक विद्यालयको चौतर्फि बृद्धि विकासका लागि सिकाई भएको नयाँ योजना व्यवहारिक जिवनमा प्रयोग गर्ने बताएका छन । गोष्ठी बुधबारसम्मै संचालन हुनेछ ।

Leave A Reply

Your email address will not be published.