सुदूरका रैथानी खानाका परिकार प्रर्बद्धन गर्न मम्ताज काजबारको सुप थाली 

कञ्चनपुर ।

सुदूरपश्चिको मौलिक खानाका परिकार प्रर्बद्धनका लागि कञ्चनपुरको एक पाटी पैलेश(होटल)ले ‘सुपा–थाली’ खाने परिकार ल्याएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा रहेको मम्ताज काजबार(पाटी पैलेश होटल)ले सुपा–थाली खाने परिकार ल्याएको हो ।

आधु्निकतासंगै पछिल्ला दिनहरुमा पश्चिम नेपालका स्थानीय नागरिकहरुको स्वास्थ्यमा समेत समस्या आउन थालेपछि स्वास्थ्यप्रर्बद्धक मौलिक खाने परिवार समेत लोभ भईरहेकोे अवस्थामा सम्मताजले सुपा थाली कार्यक्रम ल्याएको छ ।

खानाका परिकार सहित खाना पकाउनेदेखि उपभोगसम्मका भाँडाब्र्रतन समेत मौलिक रैथानी नै हुनेछन । मौलिक स्वाद र आथित्यको संगमकै रुपमा हुने दावि गर्दै सुदूरपश्चिमको मौलिक, जैविक खानाका परिकारलाई राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरमा चिनाएर रैथानी खानाको प्रर्बद्धनका लागि सुपथाली ल्याएको जनाएको छ । मम्ताज काजबारका प्रबन्ध निर्देशक धिरज चन्दले नेपाली खानपिनको बजारमा थकाली र नेवारीसंगसंगै सुपाथाली पनि बजारीकरण गर्न खोजेको बताए । सुपका ऐतिहासिक, मौलिक, साँस्कृतिम पौष्टिकतत्वयुक्त खाने परिवारको प्रर्बद्धन गर्ने उदेश्यका साथ सुपाथाली योजना ल्याएको उनले बताए ।

उनका अनुसार रैथानी परिकारको समिश्रणयुक्त डुब्का,माडा,फाफर, कोटोको रोटी, गलानी, स्थानीय परिकारका गेडागुडी, मौलिक मसला जस्तै जिम्बु, टिमुर, भाङको छोप, तोरी,लसुन सहितका रैथानी मात्रै परिकारको मसला तयार गरिनेछ । ग्राहकको माग अनुरुप कार्यक्रमका दिन सहित दैनिक रपमा कृत्रिम रङबिनैका काँस तथा फलामका भाडामा मात्रै पकाईनेदेखि खुवाईनेछ ।

पहाड दार्चुलादेखिका सबै जिल्ला र तराईका कैलाली, कञ्चनपुरका सबै समुदायले पहिल्यैदेखि उपभोग गर्दै आएका खानाका परिकारदेखि संस्कार आथित्य अनुरुप वितरण गरिनेछ । सुपथ मुल्यको थाली राखिएको खाना परिकार उपभोग गर्न मम्ताज काजबारले आग्रह गरेको छ । पछिल्ला दिनहरुमा उच्च मसलादार प्याकेटिङ खाने परिवारको बिक्रि वितरण उपभोगले नागरिकको स्वास्थ्यमा समस्या आईरहेका बेला स्वदेशमै केही गर्न सकिन्छ भनेर पाटी पैलेश व्यवसायमा जुटेका चन्दको यो नयाँ अवधारणाले सुपको खाने परिकार उपभोगबाट नागरिकको स्वास्थ्यमा समेत सुधार हुने अपेक्षा गरिएको छ ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.