काठमाडौं । एमाले–नेकपा सत्ता सहमतिपछि एमालेको भागमा परेका कोशी, बागमती र लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्री चयनको दौड सुरु भएको छ ।
कोशीमा तिलकुमार मेन्याङ्बो, बागमतीमा किरण थापा र लुम्बिनीमा भूमिश्वर ढकाल चर्चामा छन् ।
तर, यी तीनै प्रदेशमा उनीहरूलाई मुख्यमन्त्री बनाउनुअघि संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने अवस्था देखिएको छ ।
कोशीमा वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की, बागमतीमा दलका नेता जगन्नाथ थपलिया, तथा लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्य निरन्तरताको पक्षमा रहेकाले आन्तरिक प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ ।
लुम्बिनीमा लीला गिरी र भोजप्रसाद श्रेष्ठको नाम पनि चर्चामा छ ।
उता, सत्ता सहमतिअनुसार कर्णालीमा मंगलबहादुर शाही र सुदूरपश्चिममा खगराज भट्टलाई नेकपाले मुख्यमन्त्री बनाउने तयारी गरेको छ ।