कांग्रेसको आरोपः बालेन सरकार सुशासनमा असफल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा असफल भएको आरोप लगाउँदै १५ वटा कमजोरी औँल्याएको छ।
बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले सरकार नैतिक संकट, राजनीतिक असक्षमता र जनविश्वासको संकटबाट गुज्रिरहेको दाबी गर्दै समस्या समाधान गर्नुको सट्टा विषयान्तर गरेर जनताको ध्यान मोड्ने प्रयास भइरहेको बताए।
उनले लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठ्ने अवस्थामा प्रतिपक्ष मौन बस्न नसक्ने उल्लेख गर्दै सरकारले राजनीतिक स्टन्ट होइन, पारदर्शिता, सुशासन र प्रभावकारी कार्यान्वयनमार्फत जनविश्वास पुनः स्थापित गर्नुपर्ने बताए।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.