दार्चुलाका ११ व्यवसायीका गोदाममा छड्के अनुगमन, ५०४ थान ग्यास सिलिन्डर मौज्दात

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन विभिन्न ग्यास विक्रेता तथा सप्लायर्समा छड्के अनुगमन गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सार्वजनिक सूचना अनुसार शनिबार जिल्लाका ११ वटा ग्यास विक्रेता तथा सप्लायर्समा गरिएको छड्के अनुगमन बाट करिब ५०४ थान ग्यास सिलिन्डर मौज्दात रहेको पाइको छ ।

प्रशासनले ग्यास प्राप्त गर्न नसकेका उपभोक्तालाई आवश्यकता भन्दा बढी भण्डारण नगरी सम्बन्धित सप्लायर्ससँग सम्पर्क गरेर ग्यास लिन आग्रह गरेको छ।

प्रशासनले ग्यास प्राप्त गर्ने क्रममा कुनै समस्या देखिएमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

कार्यालयका अनुसार मौज्दात रहेका ग्यास सिलिन्डरमध्ये कल्याण प्रदर्शी एण्ड सप्लायर्समा सबैभन्दा बढी २०० थान रहेको छ।
त्यस्तै जगन्नाथ डिपोमा ७०, कृष्णा ट्रेडर्स एण्ड सप्लायर्समा ५९, बोहरा ट्रेडर्स एण्ड सप्लायर्समा ४२, एसएसवी जनरल स्टोरमा ३५, पिबि ट्रेडर्स एण्ड सप्लायर्समा २५, मालिकार्जुन ट्रेडर्स एण्ड सप्लायर्समा १२, न्यू ब्रम्ह केदार जनरल स्टोरमा ६, रण सैनी किराना पसलमा ८, सरस्वती देवी जनरल स्टोर एण्ड सप्लायर्समा २ र ठगुन्ना ब्रदर्शमा ४५ थान ग्यास सिलिन्डर मौज्दात रहेको सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयले ग्यासको आपूर्ति व्यवस्थापन तथा वितरणमा सहजीकरण गर्न यस्तो विवरण सार्वजनिक गरेको जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.