जंगली भालु देखिएपछि उच्च सतर्कता अपनाउन आग्रह (सूचना सहित)

दार्चुला। दार्चुलाको दुहुँ गाउँपालिका–१ स्थित मालिकार्जुन (धुरा) मन्दिर आसपासको वन क्षेत्रमा जंगली भालु देखापरेपछि अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले स्थानीय बासिन्दा तथा यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय, दार्चुलाले जारी गरेको सूचनामा भालु देखापरेको भन्दै स्थानीय बासिन्दा तथा यात्रुको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको हो।

अपीनाम्पा संरक्षण क्षेत्र जैविक विविधताले सम्पन्न क्षेत्र हो र यहाँ हिमाली जंगली भालुसहित विभिन्न वन्यजन्तु पाइने सरकारी विवरणमा उल्लेख छ। कार्यालयले भालुको आक्रमणबाट बच्न समूहमा हिँड्न, जंगल तथा भालु सक्रिय हुने स्थानमा एक्लै नजान, भालु देखिएमा नजिक नजाने तथा जिस्क्याउने वा ढुंगा हान्ने काम नगर्न आग्रह गरेको छ।

त्यस्तै, बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई एक्लै नछोड्न र जंगल तथा आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको छ। अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयले वन्यजन्तुबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायलाई सचेत रहन आग्रह गरेको हो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.