बारबाँजका शिक्षक मदनराज जोशी अझै सम्पर्कविहीन

दार्चुला । श्रावण २३ गते रातिदेखि सम्पर्कविहीन भएका जनविकास माध्यमिक विद्यालय, बारबाँजका शिक्षक मदनराज जोशी अझै फेला पर्न सकेका छैनन्।

सदरमुकाम खलङ्गाबाट सम्पर्कविहीन भएका शिक्षक जोशीको परिवारले उहाँको खोजीका लागि सहयोग गरिदिन सबैमा आग्रह गरेको छ। उहाँलाई फेला पार्नुहुने वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्ने व्यक्तिले तत्काल परिवार वा सम्बन्धित निकायलाई सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।

शिक्षक जोशीको अवस्था अज्ञात रहेपछि परिवार तथा आफन्तजन चिन्तित बनेका छन्। उहाँको खोजी तथा अवस्थाबारे जानकारी प्राप्त गर्न सम्बन्धित निकायसँग समेत परिवारले आग्रह गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.