कञ्चनपुर ।
कञ्चनपुरको दोधाराचाँदनीमा बिना ईजाजत बिरामीको उपचारदेखि औषधी बिक्रि वितरण गर्ने एक महिला पक्राउ गरेकी छिन । प्रहरीले दोधाराचाँदनी नगरपालिका १खैराडा टोलकी गिता सेटीलाई बिना ईजाजत बिरामीको उपचारदेखि औषधी बिक्रि वितरण गरेको आरोप पक्राउ गरेको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रावतले गैर कानुनी रुपमा घरमै गैर कानुनी रुपमा बिरामीको चेकजाँजदेखि उपचार, औषधी बिक्रि वितरण गरेको गनगुनासो आएपछि संयुक्त टोलीले ४० बर्षिया गिता सेटीको घरमा खानतलासी गरेर झण्डै एक लाख मुल्य पर्ने विभिन्न प्रकारका औषधी समेत बरामद गरेको बताए ।
प्रहरी, जिल्ला र पालिका स्वास्थ्य कार्यालय, शाखाले संयुक्त रुपमा सेटीको घरमा छापा हानेको थियो । यसरी मानव स्वास्थ्यमा खेलवार्ड गर्दै आएकी सेटी बिरुद्ध मुद्दा चलाउने तयारी गरेको छ । केही बर्ष अघि प्रहरीले दोधाराचाँदनी, भीमदत्त नगरपालिका सहितका जिल्लाका विभिन्न स्थानबाट गैर कानुनी रुपमा उपचार, औषधी बिक्रि वितरण गर्नेमाथि पनि कार्बाही चलाएको थियो ।
