समाजिक उत्तरदायित्व निर्वाह गर्दै  विश्व सीले मनाए जन्मदिन 

कञ्चनपुर । 

कञ्चनपुरको बेलडाँडी गाउँपालिका -२ का एक युवा विश्व सीले समाजिक उत्तरदायित्व निर्वाह गर्दै जन्मदिन मनाएका छन्। बिस्व सीको जन्म २०६८ साल साउन २८ गते परिवर्तन गाउँपालिका–२, राङ्सी अन्तर्गत पर्ने खरगाउँमा बुवा तिलक परियार र आमा शर्मिला परियारको कोखबाट जेठो सन्तान को रुप मा भएको हो,। उहा पछि दुई बहिनी र एक भाई छ्न,। उनि सामान्य परिवार मा हुर्केका हुन,उहा सानै देखि देश भक्ति स्वभाव र जुझारु खेलाडी थिए,।

उहाँ हाल श्री जनसेवा नमुना माध्यमिक विद्यालय, राङ्सीमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ। अध्ययनसँगै सामाजिक, वातावरणीय तथा युवा क्षेत्रमा सक्रिय रहँदै समाजमा सकारात्मक योगदान पुर्‍याउने सोचका साथ उहाँ अगाडि बढिरहनुभएको छ।

आफ्नो १६ औँ जन्मोत्सवको अवसरमा बिस्व सी ले जन्मदिन लाई फरक र अर्थपूर्ण ढंगले मनाउनु पर्छ भन्ने सोच ले आफू अध्ययनरत श्री जनसेवा नमुना माध्यमिक विद्यालय, राङ्सीका प्रधानाध्यापक भीम प्रकाश पुन मगरलाई एभोकाडो को एक थान बिरुवा हस्तान्तरण गर्दै विद्यालय परिसरमा एभोकाडोको बिरुवा रोप्नुभएको छ। त्यसैगरी, विद्यालय नजिकै रहेको राङ्सी स्वास्थ्य चौकीमा पनि त्यहाँ कार्यरत कर्मचारीहरूको प्रत्यक्ष उपस्थितिमा एभोकाडो को बिरुवा रोप्नुभएको छ।

बिस्व सी विभिन्न संघ–संस्थामा आबद्ध भएर सामाजिक गतिविधिमा समेत सक्रिय हुनुहुन्छ। उहाँ हाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट अखिल (समाजवादी) परिवर्तन गाउँपालिका संयोजक तथा राङ्सी–२ नम्बर वडा इन्चार्जको जिम्मेवारीमा रहनुभएको छ। साथै, उहाँ आफ्नो गाउँमा रहेको जनसेवा युवा समूहका अध्य क्षसमेत हुनुहुन्छ।

बिस्व सीको जन्मदिन मनाउने सोच अन्यभन्दा केही फरक रहेको छ। उहाँको धारणा अनुसार, जन्मोत्सवका नाममा गरिने अनावश्यक खर्च र देखासिकीले समाजमा विकृति बढाउन सक्छ। त्यसैले उहाँ जन्मदिनमा केवल केक काटेर उत्सव मनाउनुको सट्टा समाज र वातावरणमा योगदान पुग्ने काम गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ। यही सोचलाई व्यवहारमा उतार्दै उहाँले आफ्नो १६ औँ जन्मदिनमा विद्यालय र स्वास्थ्य चौकी परिसरमा एभोकाडोका बिरुवा रोपेर वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिनुभएको छ।

उहाँको यो कार्यले जन्मदिनलाई व्यक्तिगत खुसीको अवसर मात्र नभई समाजका लागि केही राम्रो गर्ने अवसरका रूपमा लिन सकिने सन्देश दिएको छ। विशेषगरी युवापुस्ताले आफ्नो जन्मोत्सवमा अनावश्यक खर्च र देखासिकी भन्दा शिक्षा, वातावरण संरक्षण, सामाजिक सेवा तथा समुदायको हितमा योगदान पुर्‍याउने संस्कारको विकास गर्नुपर्ने उहाँको सोच प्रेरणादायी देखिन्छ।

सानै उमेरमा अध्ययनसँगै सामाजिक गतिविधि, युवा संगठन र वातावरण संरक्षणमा सक्रिय रहनु बिस्व सीको सकारात्मक पक्ष हो। आगामी दिनमा उहाँले आफ्नो अध्ययनलाई निरन्तरता दिँदै सामाजिक क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गर्न सकिन्छ।

१६ औँ जन्मोत्सवको अवसरमा बिस्व सीलाई हार्दिक शुभकामना। उहाँको शैक्षिक, सामाजिक तथा सिर्जनात्मक यात्रा सफल र समाजका लागि प्रेरणादायी बनोस्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.