१३० प्रतिशतले बढेर ९६ करोड पुग्यो अपि पावरको खुद नाफा

अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा १३०.०६ प्रतिशतले बढेर ९६ करोड ६ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४१ करोड ७५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १ अर्ब ६५ करोडबाट बढेर १ अर्ब ७६ करोड पुगेको छ । कम्पनीको संचालन मुनाफा ९० करोड ८७ लाखबाट बढेर १ अर्ब ८ करोड पुगेको छ। कम्पनीको ब्याज खर्च ५७ करोड ७ लाखबाट घटेर ४३ करोड ३० लाख कायम भएको छ। कम्पनीको प्रशासनिक खर्च ४ करोड ८८ लाखबाट घटेर ३ करोड ८ लाखमा सिमित भएको छ।

कम्पनीले गरेको लगानीको भ्यालुएसन १२ करोड १७ लाखबाट बढेर ४७ करोड ४१ लाख पुगेको छ। विद्युत बिक्रीको आम्दानी बढेको, ब्याज खर्च घटेको, प्रशासनिक खर्च घटेको, लगानीको भ्यालुएसन बढेको लगायतका कारण कम्पनीको खुद नाफा बढेको देखिन्छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६.८७ रुपैयाँबाट बढेर १५.०६ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ ११०.१२ रुपैयाँबाट बढेर ११९.५१ रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने रिटेन अर्निंगमा १ अर्ब २४ करोड ४५ लाख रहेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.