दार्चुलामा पहिरोमा परी तीन जना घाइते

दार्चुला । दार्चुलामा पहिरोमा परी तीन जना घाइते दार्चुलाको महाकाली नगरपालिका–४, रिङ्देतालमा पहिरो खस्दा तीन जना घाइते भएका छन्। शुक्रबार साँझ पहिरो खस्दा एक जना चालकसहित तीन जना घाइते भएका हुन्।

जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर भट्टका अनुसार पहिरोमा परी दुहुँ गाउँपालिका–४ का सुरज कुँवर घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको छ। थप उपचारका लागि उनलाई अन्यत्र रिफर गरिएको अस्पतालले जनाएको छ।

यस्तै, मालिकार्जुन गाउँपालिका–२ घर भई खलंगामा बसोबास गर्दै आएका भागरती धामी र भानसिंह धामी पनि पहिरोमा परी घाइते भएका छन्। दुवै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। पहिरोमा परी थप कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त भएको छैन। घटनास्थलमा सुरक्षा निकायको टोली परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.