चौथो मालिकार्जुन अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुँदै, विजेतालाई ७५ हजार ५५५ रुपैँया पुरस्कार

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा गौरा पर्वको अवसर पारेर चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

पस्ती स्पोर्टस् क्लबको आयोजनामा गाउँपालिका–८ स्थित पस्ती खेलमैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

युवाहरुलाई खेलकुदको माध्यमबाट सक्षम, अनुशासित र सबल बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक पस्ती स्पोर्टस् क्लबले जनाएको छ।

क्लबका अध्यक्ष विनोद सिंह धामीका अनुसार प्रतियोगिताले स्थानीय युवाहरुको खेल प्रतिभा पहिचान गर्नुका साथै खेलकुदप्रति आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतियोगिताका लागि टिम दर्ता गर्ने अन्तिम मिति भदौ १७ गते बेलुका ५ बजेसम्म तोकिएको छ। टिम दर्ताका लागि ७ हजार ५५० रुपैयाँ शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिता भदौ १८ गतेदेखि सुरु हुनेछ। प्रतियोगिताको विजेता टोलीले ७५ हजार ५५५ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै, उपविजेता टोलीले ३२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुने प्रत्येक टोलीमा मालिकार्जुन गाउँपालिकाभित्रका कम्तीमा ८ जना खेलाडी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। बाँकी तीन जना खेलाडी भने दार्चुला जिल्लाभित्रका अन्य क्षेत्रबाट सहभागी गराउन सकिने आयोजकले जनाएको छ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.