कञ्चनपुर ।
राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) नेतृ समेत रहेकी संघीय सरकारकी मन्त्री प्रतिभा रावल मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक मातृभूमि सुदुरपश्चिम आउन लागेकी छिन । भूमि व्यवस्था सरकारी संघीय मामिला तथा समान्य प्रशासनमन्त्री प्रतिभा रावल पहिलो पटक मातृभूमि सुदूरपश्चिम आउन लागेकी हुन ।
पुख्यौली घर अछाम भई कञ्चनपुर महेन्द्रनगरमा बाल्यकाल विताएकी रावल मन्त्रीमा नियुक्त भएपछि ६महिना अर्थात एकसय ५०दिनमा मातृभूमिमा पाईला टेक्न लागेकी छिन । विभागिय सरकारी कामकाजकै सिलसिलामा मन्त्री सुदूरपश्चिम आउन लागेको जनाएको छ । मन्त्री रावल स्वयम आफैले पनि फेसबुक मार्फत भदौँ ६गतेदेखि कञ्चनपुर, कैलाली लगायतका सुदूरपश्चिमका जिल्लाहरुमा भ्रमणमा रहने जानकारी गराएकी छिन ।
भ्रमणका क्रममा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका जनगुनासो सुन्ने, सहकारी क्षेत्रका समस्या तथा उक्त क्षेत्रका भूमिहीन, सुकुम्बासी जनतासँग र सम्बन्धित सरोकारवालासँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाउदै सम्बन्धित विषयमा सरकारले गरिरहेका काम तथा आगामी तयारीका बारेमा जानकारी गराउनेछु।
मन्त्री रावलले ६ भदौँ बिहान ८ बजे काठमाडौंबाट धनगढी आउने कार्यक्रम रहेको छ। धनगढी पुगेपछि उनले कैलालीका प्रमुख जिल्ला अधिकारी तथा मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्ने र त्यसपछि मन्त्री रावलले धनगढी उपमहानगरपालिकाको अनुगमन गर्ने र साँझ महेन्द्रनगर आउने कार्यतालिका रहेको छ।
७ भदौँ बिहान उनले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्नेछिन्। त्यसपछि भीमदत्त, बेदकोट र दोधाराचाँदनी नगरपालिकाको अनुगमन गर्ने कार्यक्रम रहेको त्यसपछि डडेल्धुरा प्रस्तान रहेको छ ।
यस्तै, भदौ ९ गते बिहान १० बजेदेखि १२ बजेसम्म मन्त्री रावलले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी तथा मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्ने कार्यक्रम रहेको छ । छलफलपछि उनले अमरगढी नगरपालिकाको अनुगमन गर्ने कार्यक्रम रहेको छ। अनुगमन सकेर मन्त्री रावल साँझ महेन्द्रनगर फर्किने कार्यतालिका रहेको जनाइएको छ।
रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले पहिलो पटक मन्त्रीले जिल्ला भ्रमणमा क्रममा चुनावका बेला गरिब भूमिहिन जनतालाई लालपुजा दिने बषौँदेखि आरक्षपीडितको समस्यादेखि जकल्टिएको सरकारी निकायमा हुने संस्थागत भ्रष्टाचार अन्त्यका लागि ध्यानाकर्षण गराउने बताए । संघीय सरकारको महत्वपूर्ण मन्त्रालय सम्हालेकी मन्त्री सुदूरपश्चिमकी छोरी मातृभूमी नगरी आउँदा स्थानीयले स्वागत सम्मान एव खुसी व्यक्त गरिरहेका छन । बषौँदेखिका भूमि समस्यादेखि सरकारी निकायमा हुने बेथिति, अनियमितता, भ्रष्टाचार अन्त्यका लागि मन्त्री रावलसंग नागरिक आशावादी छन ।
