विष्णु माझीको यसपालिको तीज गीत- ‘घरबार'(अडिओ सहित)

गायिका विष्णु माझीले यसवर्ष पनि तीज गीत सार्वजनिक गर्ने भएकी छन्।

हरेक वर्ष तीज गीतका कारण चर्चामा रहने माझीको यसवर्षको तीज गीत ‘घरबार’ सार्वजनिक हुने तयारीमा छ।

विष्णु माझीको तीज गीत कहिले आउँछ? कस्तो आउँछ भन्ने प्रतीक्षा स्रोता/दर्शकमा हुने गर्छ।

यसपटक पनि उनको तीज गीतको प्रतीक्षा भइरहेका बेला ‘घरबार’को अडिओ ‘टपिक’मार्फत सार्वजनिक भइसकेको छ। यससँगै गीतको आधिकारिक भिडिओ सार्वजनिक हुने तयारीमा रहेको बुझ्न सकिन्छ।

‘घरबार’मा शब्द तथा संगीत सुन्दरमणि अधिकारीको रहेको छ। गीतको भिडिओमा यसअघि पनि विष्णु माझीका गीतमा मोडलिङ गरिसकेकी ललिता पौडेल देखिनेछिन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.