कञ्चनपुर ।
कञ्चनपुर महेन्द्रनगरको एक सहकारी संस्थाले भोटेकोशी,त्रिशुलीको वाढीबाट प्रभावित नागरिकको राहतका लागि आर्थिक सहयोग गरेको छ ।
भीमदत्त नगरपालिका ३ महेन्द्रनगरको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वाढीपीडितका लागि आर्थिक सहयोग गरेको हो । मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शुशिल सेटीले विपद्का लागि सहकारीबाट सक्दो आर्थिक सहयोग राहत सहयोग गरेको बताए ।
उनका अनुसार एक लाख, एक हजार १सय ११रुपैया आर्थिक सहयोग गरिएको छ । उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा रकम जम्मा गरिएको छ । उक्त सहकारीले समेत विभिन्न संकटमा बेला आर्थिक, भौतिक सहयोग गर्दै आएको छ ।
