कञ्चनपुर ।
भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी वाढीबाट पीडित नागरिकको राहतका लागि कञ्चनपुरको एक विद्यालयले गौरा महोत्सव गर्न लागेको छ । भीमदत्त नगरपालिका २भाँसी महेन्द्रनगरमा रहेको गुरुकुल ईन्टरनेसनल स्कुलले विपद् बाढी पीडित नागरिकका लागि सहयोग संकलन गर्नका लागि गौरा महोत्सव ०८३ गर्न लागेको हो ।
भदौ १८ गते देखि २३ गते सम्म सञ्चालन हुने धार्मिक महोत्सवमा श्रीकृष्ण जन्माष्टमी, गौरापर्व दुवैपर्वलाई विद्यार्थी जीवनसंग जोड्दै यो महोत्सव आयोजना गर्न लागिएको विद्यालयका अध्यक्ष प्रेम बहादुर चन्दले बताएका छन । महोत्सवको मुलध्येय विपदपिडित नागरिकका लागि सहयोग संकलन गर्नु तथा गौमाताहरुका लागि भोजनको व्यवस्था गर्नु रहेको बताएका छन ।
उक्त कार्यक्रममा श्रीकृष्ण कथा तथा लीला,गौरा संस्कृति,भजनकीर्तन,प्रवचन, नैतिक तथा संस्कारमुलक गतिविधि,योगध्यान र शैक्षिक कार्यक्रम सञ्चालन गरीने अध्यक्ष चन्दले बताए ।
उक्त कार्यक्रममा लीला शोभा यात्रा भदौ १८ गते बिहान ८ बजे देखि हुने प्रमुख कथाबाचक अन्तराष्ट्रिय बैदिक संस्कृति प्रचारक परम श्रद्धेय श्री हरिशरण महाराजले गर्नु हुने छ भने राष्ट्रिय कलाकारहरुबाट श्रीकृष्ण लीला झाकी,भजन कृतन तथा गाई सम्बन्धी डकुमेन्ट्री पनि प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
