दार्चुला । मालिकार्जुन गाउँपालिकाको युवा लक्षित गौरवपूर्ण अध्यक्ष कप क्रिकेट प्रतियोगिता–२०८३ को चौथो संस्करण सुरू भएको छ।
बिहिबार मालिकार्जुन गाउँपालिकाको सहयोग तथा पस्ती स्पोट्र्स क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले गरेका छन्।
शंकरपुर माध्यमिक विद्यालय पस्तीको खेलमैदानमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष धामीले युवाको प्रतिभा पहिचान र उनीहरूको ऊर्जालाई सकारात्मक दिशामा परिचालन गर्न खेलकुद महत्वपूर्ण माध्यम भएको बताए।
अध्यक्ष धामीले खेलकुद मनोरञ्जनमा मात्रै सीमित नभई अनुशासन, स्वास्थ्य, नेतृत्व क्षमता, आत्मविश्वास, एकता र सकारात्मक सोचको विकास गर्ने माध्यम भएको बताए। उनले मालिकार्जुनका युवामा रहेको प्रतिभालाई अवसर र उचित प्रशिक्षण दिन सके गाउँपालिकाबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने विश्वास व्यक्त गरे।
“आजका युवाको प्रतिभा र क्षमतालाई पहिचान गरी अवसर प्रदान गर्न सके भोलि यही मालिकार्जुन गाउँपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिन्छ,” अध्यक्ष धामीले भने। प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्।
अध्यक्ष धामीले प्रतियोगिताको चौथो संस्करणले विगतका अनुभवलाई संस्थागत गर्दै प्रतियोगितालाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र प्रतिभा पहिचान गर्ने अवसरका रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।
उनले खेलाडीहरूलाई जित–हारभन्दा पनि खेल भावना, अनुशासन र निष्पक्ष प्रतिस्पर्धालाई प्राथमिकता दिन आग्रह गरे। “हार–जित खेलको स्वाभाविक परिणाम हो।
