दार्चुलाका दुई स्थानीय तहका १३ माध्यमिक विद्यालयमा राष्ट्रिय बाल दिवस मनाइयो

दार्चुला ।बालापनको रक्षा, भविष्यको सुरक्षा” भन्ने नाराका साथ ६२औँ राष्ट्रिय बाल दिवसका अवसरमा दार्चुलाका दुई स्थानीय तहका माध्यमिक विद्यालयहरूमा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सामुदायिक ग्रामीण विकास समाज नेपाल (CRDS) दार्चुलाद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत राष्ट्रिय बाल दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको हो।
ग्रामीण विकास समाज नेपाल र सम्बन्धित माध्यमिक विद्यालयको आयोजनामा तथा गाउँपालिकाको समन्वयमा दुहुँ गाउँपालिकाका पाँचवटै माध्यमिक विद्यालयमा हाजिरीजवाफ, नृत्यलगायत विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको जनाइएको छ।
त्यसैगरी मालिकार्जुन गाउँपालिकाका आठवटा माध्यमिक विद्यालयमा पनि हाजिरीजवाफ, नृत्य तथा अन्य मनोरञ्जनात्मक र सिर्जनात्मक गतिविधि सञ्चालन गरिएको छ।
बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनात्मक क्षमता विकास तथा बाल अधिकारप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमबारे जानकारी दिँदै ग्रामीण विकास समाज नेपालका कार्यकारी निर्देशक अशोक राज ओझाले बालबालिकाको अधिकार संरक्षणसँगै उनीहरूको क्षमता र प्रतिभा विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँका अनुसार राष्ट्रिय बाल दिवसलाई बालबालिकाको सहभागिता, सिर्जनशीलता र प्रतिभा प्रदर्शन गर्ने अवसरका रूपमा मनाउँदै विद्यालयस्तरमा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको हो।
नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइँदै आएको छ। यस वर्षको राष्ट्रिय बाल दिवस सेप्टेम्बर १४, २०२६ मा परेको थियो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.