फागुनमा स्थानीय तह निर्वाचनको तयारीमा आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले नियमानुसार नै आयोगले तयारी गरिरहेको बताए।

उनका अनुसार स्थानीय तहका हालका जनप्रतिनिधिको कार्यकाल २ महिना बाँकी रहेकै अवस्थामा निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

‘नियम संगतले फागुनमा निर्वाचन गर्नुपर्छ। आयोगले आफ्नो काम सबै गरिरहेको छ। सरकारलाई भन्नमात्रै बाँकी छ,’ उनले भने, ‘अहिले मतदाता नामावली अध्यावधिकको काम भइरहेको छ। वर्षमा दुई पटक अध्यावधिक हुन्छ।’

उनले फागुनमा निर्वाचन हुने अवस्था आए माघमा पुनः अध्यावधिक गरी मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.