कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापा आफै नागरिक सेवामा जुटेका छन । जनतासंग जनप्रतिनिधी कार्यक्रम अन्र्तरगत वडाध्यक्ष थापा आफै नागरिक सेवामा जुटेका हुन । थापा सहितका कर्मचारी जनप्रतिनिधी गाँउमा नागरिकको एकीकृत सेवामा खटिएका छन ।
वडाध्यक्ष थापाले गत विगतका जस्तो यस बर्ष पनि सम्झाना टोलदेखि नागरिक सेवामा खटिएको बताए । उनका अनुसार जनताको घरमै पुगेर नागरिकलाई सेवा प्रदान गरिएको छ ।
स्वास्थ्यदेखिका नागरिकका समस्या सुन्दैबुझ्दै अघि बढिरहेको बताए । साथै अति विपन्न नागरिकहरुलाई समेत सहयोगी समाग्री वितरण गर्न लागिएको छ ।
