देउवा पक्षीय काँग्रेस कञ्चनपुरको जिल्ला अधिवेशन मंसिर २ 

कञ्चनपुर ।

देउवा पक्षीय नेपाली काँग्रेस कञ्चनपुरको आगामी मंसिर पहिलो साता जिल्ला अधिवेशन हुने भएको छ । देउवा पक्षीय काँग्रेसले २मंसिर महेन्द्रनगरमै जिल्ला अधिवेशन गर्ने भएको हो ।

शनिबार देउवा पक्षीय काँग्रेस जिल्ला कार्य समितिको बैठकले १५औँ महाधिवेशन अन्र्तरगत २मंसिरमै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको जनाएको छ । नेपाली काँग्रेस कञ्चनपुरका उप सभापति मिन बहादुर सिहले पाटीको नियमित महाधिवेशन अन्र्तरगत जिल्लाको अधिवेशन २मंसिरमै सकेर प्रदेश अधिवेशन र महाधिवेशनको तयारीमा जुट्ने निर्णय भएको बताए ।

उनका अनुसार उद्घाटनका दिन झाँगी सहित केन्द्रीय नेताहरुबाटै उद्घाटन गरिनेछ । ‘पहिलो दिन उद्घाटन हुन्छ, ‘उनले भने, ‘लगत्तै बन्दसत्र मार्फत नेतृत्व चयन प्रकृया अघि बढ्छ ।’ यस अघि वडा, पालिका, क्षेत्रीय अधिवेशन गरेको देउवा पक्षीय काँग्रेस जिल्ला गर्दै प्रदेश गरेर केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ । काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटीले यस अघि भव्य रुपमा सम्पन्न भएका अधिवेशन अब जिल्लाको पनि भव्य हुने नियमित महाधिवेशन भएकाले त्यस तर्फ समेत जुट्न आब्हान गरेका छन । काँग्रेस जिल्लाले यस अघि वडा, पालिका, क्षेत्रीय प्रादेशिक नेतृत्वलाई सम्मान पनि गरिएको छ ।

 

Leave A Reply

Your email address will not be published.