दार्चुला भलिबल टिमको फाईनल यात्रा

कञ्चनपुर ।

आगामी मसिर दोस्रो सातादेखि कर्णाली प्रदेशको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रादेशिक छनौट अन्र्तरगत सुदूरपश्चिममा दार्चुला भबिलबलको टिम फाईनलमा प्रवेस गरेको छ ।

आईतबार डडेल्धुरामा सम्पन्न भएको प्रतिस्पर्धामा कैलालीलाई ३–२को सेटले हराउँदै दार्चुला फाईनलमा प्रवेस गरेको जनाएको छ । अब दार्चुलाको भलिबल टिमले फाईनलको यात्रा तय गरेको हो । फाईनलमा पुग्ने टिमहरुविच प्रतिस्पर्धा गराएर सुप प्रदेश भलिबलको टिम तयार हुनेछ । शनिबारदेखि डडेल्धुरा, कैलाली, कञ्चनपुरमा खेलाडी छनौट शुरु भएका छन । सोमबारसम्म सबै खेलकुद विद्याका खेलाडी छनौट हुने जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.