मंसिर ७ गते मालिकार्जुन गाउँपालिकामा सार्वजनिक बिदा

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शैल्य मालिकार्जुन धाममा लाग्ने जात्राका अवसरमा मंसिर ७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री शैल्य मालिकार्जुन धाममा लाग्ने दिवाकालीन शिखर पूजन जात्रा तथा रात्रिकालीन धार्मिक जात्राको अवसरमा मंसिर ७ गते सोमबार एक दिन गाउँपालिकाभर सार्वजनिक बिदा दिने जनाएको हो । यसअघि जिल्लाको शैल्यशिखर नगरपालिकाले पनि मंसिर ६ र ७ गते नगरपालिकाभरी सार्वजजिक विदा दिएको छ ।

Leave A Reply

Your email address will not be published.