डोटीको बेड गाउँ बालविवाहमुक्त घोषणा

दार्चुला । डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाको बेड गाँउ जिल्लाभरिकै पहिलो बालविवाह मुक्त गाँउ घोषणा गरिएको छ ।

जिल्लामा सबैभन्दा बढी बालविवाह हुने गाउँको रुपमा चिनिएको बेड गाउँमा बालविवाह न्यूनीकरणका कार्यक्रम सञ्चालन गरेर बालविवाह शुन्यमा पुर्याएपछि बालविवाहमुक्त गाउँ घोषणा गरिएको हो ।

 

गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा सामुदायिक विकास केन्द्रको पहलमा गाउँलाई बालविवाहमुक्त घोषणा गरिएको वडा अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।

अबका केही दिनमा अन्य गाउँमा पनि बालविवाह मुक्त घोषणा गर्न अहिले प्रत्येक गाउँ टोलबाट पहल गर्न थालिएको केन्द्रका सूचना अधिकारी एकराज बडुले बतानुभयो ।

नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ पारित गरी आगामी सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने लक्ष्य लिएकोमा सोही अनुसार काम भईरहेको उहाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.