मालिकार्जुन आधारभुत बिद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मलचौरामा रहेको मालिकार्जुन आधारभुत बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ ।

हिउदँको समयमा पहाडी जिल्लामा बसोवास गर्ने विद्यार्थीहरुलाइ निकै चिसो हुने भएकाले विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीलाई चिसो छल्न शुक्रबार न्यानो लुगा वितरण गरिएको उक्त बिद्यालयका प्रधानाध्यपक गणेश दत्त जोशीले बतानुभयो । गरिब तथा विपन्न समुदायका बालबालिकालाई लक्षित गरी व्यक्तिगत पहलमा ५० बढीको न्यानो लुगा टे्क सुट प्रत्येक विद्यार्थीलाई सहयोग गरिएको हो । मालिकार्जुन आधारभुत बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तथा शैल्य शिखर नगरपालिका वडा नम्बर ८ का निर्वाचित सदस्य केशव दत्त जोशीले आफ्नो व्यक्तीगत लगानीमा न्यानो लुगा बितरण गरेको विद्यालयले जानकारी दिएको छ । दुर्गम क्षेत्रमा गरिव समुदायका बालवालीका बसोवास गर्ने भएकाले बालवालीकाहरु विद्यालय आउदा फाटो लुगा लगाएर आउने गरेका थिए । विपन्न परिवारका बालवालीकाहरुले विद्यालयमा लगाउने न्यानो लुगा पाउँदा विद्यालयमा बिधार्थीहरु नियमीत आउने अपेक्षा गरेको छ ।

साथै विद्यार्थीहरु बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष प्रती निकै खुसी भएका छन । चिसो मौषमको समयमा विद्यालयमा उपस्थित भइ पठनपाठन गर्न निकै समस्या हुने गरेको बिधार्थिहरुले गुनासो गरेपछि उक्त माग लाई सम्बोधन गरी लुगा बितरण गरेकोमा बिद्यालयले मालिकार्जुन आधारभुत बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तथा शैल्य शिखर नगरपालिका वडा नम्बर ८ का निर्वाचित सदस्य केशव दत्त जोशी लाई धन्यवाद ब्यक्त गरेका छ ।

Leave A Reply

Your email address will not be published.