नेपाली कांग्रेसको प्रवक्तामा महत नियुक्त

दार्चुला । नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत नियुक्त हुनु भएको छ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेता महतलाई पार्टी प्रवक्तामा नियुक्त गर्नु भएको हो।

नेता महत केही समयअघि भएको कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित हुनुभएको थियो ।

उहाँले पार्टी सभापति देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिनु भएको थियो।

 

Leave A Reply

Your email address will not be published.