दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवारमा अमर सिंह धामी सर्वसहमत चयन भएका छन्। हाल कांग्रेसको तर्फबाट शैल्यशिखर नगरपालिकामा मेयरको जिम्मेवारीमा रहेका धामी पुनः मेयर पदका लागि सर्वसहमतिमै चयन भएको कांग्रेस शैल्यशिखर नगरपालिकाले जनाएको छ।
आसन्न स्थानीय तहको निर्वाचन नजिकिदैं जाँदा शैल्यशिखरका विभिन्न वडाहरुमा कांग्रेसले सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवार टुग्ंयाएको पनि कांग्रेस शैल्यशिखरले जनाएको छ।
यस्तै शैल्यशिखर नगरपालिकामा नेकपा एमालेको तर्फबाट विजयसिंह धामीलाई उम्मेदवार बनाउने सहमति भएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य धामीलाई नगरप्रमुख पदमा उम्मेदवार बनाउने सहमति जुटेको एमाले जिल्ला कमिटी पूर्वअध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो ।
दुबै पार्टीबाट उम्मेदवार सिफारिस भएका धामी शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का स्थानीय हुन् । सत्तारुढ दल बीच गठबन्धन भएपनि कांग्रेसले नै उक्त पालिका पाउने सम्भावना बढी छ । त्यसैले मुख्य प्रतिस्पर्धा दुइजना धामी उम्मेदवारमै हुने निश्चित छ । एउटै भूगोलका उम्मेदवार भएकोले पनि रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।