दार्चुला – सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने भएको छ। सोमबारदेखि शुरु भएको प्रदेशको दशौं अधिवेशन अर्न्तगत पाँचौ बैठकमा प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले जेठ २२ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्।
बिहिबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे सभामा जानकारी दिएका थिए। ‘प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेश प्रमुखद्धारा प्रस्तुत हुने भएकाले उक्त समयसम्मका लागि यो अधिवेशन स्थगित भएको सभामा जानकारी गराउँछु’ सभामुख थापाले भने।