दार्चुला- डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारी दिने भएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा समाजवादीले भाग नपाएपछि बागी उम्मेदवारी दिने तयारी गरेको हो। एक प्रतिनिधिसभा रहेको डडेल्धुरामा नेकपा एसले प्रदेशसभा २ माग गरेको थियो। अघिल्लो पटक झिनो मतान्तरले कांग्रेस उम्मेदवार कर्ण मल्लसँग पराजित तत्कालीन एमालेले जिल्ला अध्यक्ष डा।तारादत्त जोशीको लागि प्रदेशसभा दाबी गरिएको थियो। अहिले उक्त क्षेत्र कांग्रेसको भागमा र अर्को क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ। आफ्नो सशक्त दाबी हुँदा पनि भाग नपरेपछि दुवै प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने तयारी भइरहेको जिल्ला अध्यक्ष कवीन्द्र विष्टले बताए।