सुदूरपश्चिममा कांग्रेसबाट समानुपातिकमा को-को परे ? (नामसहित)

दार्चुला- नेपाली कांग्रेसले सुदूरपश्चिममा प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। कांग्रेसको केन्द्रीय पार्टी कार्यालय पामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको हो। सुदूरपश्चिम प्रदेशमा ७ जना महिलालाई समानुपातिक सूचीमा राखिएको छ। जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलितबाट ललिता सुनार, खसआर्यबाट मधु भारती, सरस्वती खड्का, डम्बरी महरा, जुना दानी र तुल्सी देवकोटा सांसद बनेका छन्। यस्तै थारुबाट गिताकुमारी चौधरी सांसद बनेकी छन्। बैठकले प्रदेशको टुंगो लगाएको र संघको केही विवाद भएकाले छलफल जारी रहेको बताइएको छ। प्रतिनिधिसभातर्फका पुरुष सांसदहरुको भने सूची तयार गर्न सभापति शेरबहादुर देउवालाई जिम्मा दिइएको छ।

थारुः गिता कुमारी चौधरीः कञ्चनपुर क्षेत्र नम्बर २

दलितः ललिता सुनारः कैलाली क्षेत्र नम्बर १।
खसआर्य
मधु भारतीः कञ्चनपुर क्षेत्र नम्बर ३

सरस्वती खड्काः डडेल्धुरा

जुना दानीः बाजुरा

डम्बरी महरा (रक्षा) कैलाली क्षेत्र नम्बर ५

 

Leave A Reply

Your email address will not be published.