एमालेको जिम्मेवारीबाट अलग भएको छु : सभामुख घिमिरे

Krishna

दार्चुला । सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले) सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताउनुभएको छ ।

नवनिर्वाचित सभामुख घिमिरेले आज शुक्रवार प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताउनुभएको हो । विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७९ साल माघ पाँचमा म प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु ।’

हिजो बिहीवार भएको चुनावमा घिमिरेको पक्षमा एक सय ६७ मत प्राप्त भएको थियो भने विपक्षमा एक सय मत परेको थियो । चुनावमा एक जनाले भने मत दिनुभएको थिएन ।

Leave A Reply

Your email address will not be published.