सुदुरपस्चिम एमाले अधिवेशनः पाँच पदमा २३ जनाको उम्मेदवारी

दार्चुला –नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्ष पदका लागी चार जनाको उम्मेदवारी परेको छ।
एमाले सुदूरपश्चिम प्रदेशको आगामी नेतृत्व चयन गर्न आज ९मंगलबार० साँझ ५ बजेदेखि निर्वाचन हुँदैछ। आइतबारदेखि धनगढीमा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन चलिरहेको छ। प्रदेश अधिवेशनको लागि उम्मेदवारी दर्ताको समय सकिएको छ। ५ पदाधिकारी पदमा २३ जनाको उम्मेदवारी परेको हो ।
अध्यक्षमा चार जना, उपाध्यक्षमा ७, सचिवमा ४ र उपसचिवमा ९ जना छन्। ९ मध्ये ३ जना महिला छन्। निर्वाचन कमिटीका अनुसार अध्यक्ष कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ। उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्रबहादुर शाहीको उम्मेदवारी रहेको छ।

त्यस्तै सचिब पदको लागी भने रणबहादुर चन्द, राजेश खाती, रतनराज रेग्मी, जीवनकुमार बम छन् भने उपसचिव ९महिला ० तर्फ भागरथी विष्ट कन्दकलाकुमारी राना र अर्चना गहतराज तथा उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्ट छन्।

Leave A Reply

Your email address will not be published.