राष्ट्रिय सभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित

दार्चुला –  राष्ट्रियसभाले प्रमुख विपक्षी नेकपा (एमाले) को विरोधकाबीच आज बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ ।

सोमबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए । र समय पाएपछि एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरूको विरोध कायमै रहेको बताउनुभयो ।

तर, सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथिको दफाबार छलफल अगाडि बढाउनुभयो। तर दफाबार छलफलमा भने कुनै पनि सांसदले भाग लिएनन् । र सभाले दुवै विधेयक बहुमतले पारित गर्नुभयो।

दुवै विधेयक भने प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । सोमबार राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ।

अब आजै दिउँसो दुई बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाले पारित गरेको संदेश पेश हुने भएको छ ।

 

Leave A Reply

Your email address will not be published.