सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफु भएको भट्टको दाबी

दार्चुला – नेकपा एमालेका स्थायी कमिटी नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम प्रदेशको इन्जार्च आफू नै रहेको दाबी गर्नुभएको छ ।

१० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकपछि नेता भट्टले यस्तो बताउनुभएको हो ।

नेता भीम रावल र भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्जार्चको विषयलाई लिएर विवाद छ । कार्यदलका संयोजकसमेत रहनुभएका रावलले यो विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गर्नुभयो ।

आजको बैठकमा नेता भट्टले पार्टीको आन्तरिक एकता अझै बलियो बनाउने गरी १० बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । त्यसका लागि २०७५ साल जेठ २ , जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरूको कामको मूल्याङ्कनलाई आधार बनाएर अघि बढ्ने विषयमा पनि छलफल गरिएको कार्यदल सदस्यसमेत रहनुभएका भट्टले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.