शैल्यशिखर –१ का जोशीको मृत्युपछि परिवार बिचल्लीमा, आर्थिक सहयोगको अपिल
तीन लाख, पच्चीस हजार बढी रकम परिवारलाई हस्तान्तरण
दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का ३२ बर्षीय गंगादत्त जोशीको यहीँ माघ १४ गते ह्दयघातका कारण निधन भयो । जोशीको लागि १४ गतेनै उहाँको अन्तिम दिन हुनपुग्यो, र उहाँ सधैका लागि अस्ताए। दैनिक ज्यालादारी गरेर परिवारमा जीविकोपार्जन गर्दै आएका जोशीको मृत्युपछि परिवारमा ठुलो बज्रपात आईलाग्यो ।
यसै पनि दैनिक जीवनयापन गर्न समेत कठिनाई भई गरिबी र अभावमा बाँचिरहेको यो परिवारमा यति बेला ठुलो बज्रवात आईलागेको छ । उनको निधनपछि ८२ वर्षीय बृद्धआमा श्रीमती एक छोरा एक छोरीको बिचल्ली भएको छ । परिवारमा आर्थिक अवस्था कमजोर भएपछि आमा श्रीमती दुई छोराछोरीको बिचल्ली भएको हो ।
उनीकी ३० वर्षीय श्रीमती लक्ष्मी जोशी र बृद्धाआमा, दुई छोराछोरी र परिवारको आर्थिक अवस्था निकै कमजोर भएपछि छाक टार्न समस्या भएको छ । २ सन्तानको भविष्य पनि अन्धकार छ ।
मृतक परिवारलाई स्यानो भएपनि अलिकति साहार बनोस् भन्ने उद्देश्यले स्थानिय शिक्षक सुरेन्द्र खडायत, समाजसेवी मोहनदेब खडायत, मानसिंह खडायतले संसस्था तथा देशविदेशमा रहेका नेपालीहरुबाट सक्दो आर्थिक रकम संकलन अभियान चलाएका छन ।
अभियान चलाएर अहिलेसम्म तीन लाख, पच्चीस हजार, चार सय, पन्ध्र रुपैँया,जम्मा भएको छ ।उक्त संकलन भएको पैसा मृत जोशीकी श्रीमतीलाई बिहिबार हस्तान्तरण गरेको शिक्षक सुरेन्द्र खडायले बताए ।
‘घरमा २ बच्चा छन्। उनीहरूको अहिले बिचल्ली भएको छ। उनीहरूको पालन–पोषण र पढाई खर्च जुटाउने अब कोही छैन। लक्ष्मीले भनिन्।’ ‘आफैलाई कसले सम्हाल्ने भन्ने बेलामा ती दुई अवोध बालकहरूको जिम्मेवारी काँधमा थपिएको छ। गरी खाने खेतबारी पखेरो छैन। हुँदो हो पनि गरिखाने मान्छे नै दैवले खोस्यो।’
मृतककि श्रीमती लक्ष्मीले भनिन् । यो परिवारमा आइपरेको बज्रपातले सिगों गाउँ नै पीडामा रहेको छ। अर्को तर्फ आर्थिक अभाव भएपछि दैनिक जीवन यापन कसरी चलाउने भन्ने पिरलो पनि थपिएको छ। लक्ष्मीले पिडामा परेका बेला देश बिदेश बाट सबैलाई सक्दो सहयोगको लागि अपिल गरेकि छिन।