सिंचाइ कार्यालयका लेखा अधिकृत जोशीको बिदाई

दार्चुला : जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दार्चुलाका लेखा अधिकृत गजेन्द्र जोशीको बिदाइ गरिएको छ । सरुवा भएका जोशीको कार्यालयले एक कार्यक्रमका बीच मंगलवार बिदाइ गरेको हो । जोशी जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दार्चुलामा ५ वर्ष कार्यरत रहे ।

सेवाग्राहीको सन्तुष्टी र छिटो छरितो सेवालाई आफूले पहिलो प्राथमिकता दिई काम गरेको उनले बताएका छन् । उनको यातायात व्यवस्था कार्यालय महेन्द्रनगर सरुवा भएको छ । जोशीको बिदाईसँगै कार्यालयमा नयाँ लेखा अधिकृतको रुपमा जनक राज भट्टलाई स्वागत गरिएको छ ।

Leave A Reply

Your email address will not be published.