काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं दार्चुला जिल्ला इन्चार्ज सहदेब बोगटीले पार्टीका सबै स्थानीय तहका अधिबेशनहरु चैतसम्म सकेर बैशाखमा भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पुगेर पार्टीका युवा विद्यार्थीहरु परिचालन गरिने बताउनु भएको छ ।
आज लेकम गाउपालिकाको दोस्रो पालिका कमिटी अधिबेशनको उद्घाटन गर्दै इन्चार्ज बोगटीले भन्नू भयो बैशाखसम्म त्यो क्षेत्रमा हिउँ पग्लिने र चिसो घट्ने हुँदा बैशाख जेठ महिनामा अतिक्रमीत भुमिमा पुगेर भारतबाट मिचिएको भूमि फिर्ता गर्न दबाब मुलक कार्यक्रम गरिनेछ ।
सोही कार्यक्रममा नेकपा एमाले दार्चुला जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले अब नेकपा एमालेले आफ्नो मिचिएको भूमि फिर्ता गर्न दबादमूलक पहआ कुनै कसुर बाकी नराख्ने र जिल्लाका स्थानीय अधिबेशनहरु सम्पन्न गरिसकेपछी राष्ट्रियताको मुद्दालाई जोड्तोड्का साथ उठाएर अगाडि बढ्ने बताए । कार्यक्रममा नेकपा एमाले दार्चुलाका प्रदेश कमिटीका सदस्य र जिल्ला स्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
दार्चुलामा नेकपा एमाले आज देखि पालिका कमिटी अधिबेशनमा जुटेको छ । ७ गते लेकमको उद्घाटन सकेर सहमतिमा नेतृत्व छनौट गरि १० गते दुहु र ११ गते ब्यास गाउपालिकामा पालिका अधिबेशन सम्पन्न गर्ने पालिका अधिबेशन कार्यतालिकामा उल्लेख गरिएको छ ।