दार्चुला : दार्चुलामा आज ४ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । बलाच सबस्टेशनबाट आपूर्ति भइरहेको ३३ केभि दार्चुला–बैतडी फिडरको बलाचदेखि गोकुलेश्वरसम्म र थालिगाड सबस्टेशनदेखि निसिलसम्मको विद्युत लाइन वरपर रुखका हांगा काटिने तथा लाइन स्तरोन्नति गरिने भएकाले ४ घण्टा विद्युत अवरुद्ध हुने भएको हो ।
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रका अनुसार थालिगाड सबस्टेशनबाट आपूर्ति हुने ११ केभि खलंगा बजार फिडर ११ केभि जोलजिवी फिडर अन्तर्गतको लाइन अवरुद्ध हुनेछ । विद्युत अवरुद्ध हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा याचना गरेको छ ।