भारतकाे मुन्स्यारीमा पुलकाे जग्ग खन्ने क्रममा दार्चुलाका एक मजदुरकाे मृत्यु

काठमाडौं- भारतकाे पिथाैरागढ जिल्लाकाे मुन्स्यारी  भन्ने ठाउँमा पुलकाे जग्ग खन्ने क्रममा दार्चुलाका एक मजदुरकाे मृत्यु भएको छ ।

दुहु गाउँपालिका वडा नम्बर २  हिकिला बस्ने अन्दाजी ४०वर्षीया दानसिंह धामीकाे खाल्डाेमा पुरिएर मृत्युु भएको हाे ।

शनिबार बेलुका पुलकाे जग्ग खन्नेबेला माथिबाट खसेको माटाेकाे ढिस्काेमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए । भारतमा भएकोले घाईते कति भन्ने केही जानकारी नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ । घटनाको थप अनुसन्धान हुँदै ।

Leave A Reply

Your email address will not be published.