दार्चुला– अपीहिमाल गाउँपालिकामा गाजाँको लोताबाट कपडा बुन्ने तालिम सुरु गरिएको छ । गाउँपालिकाको उद्योग विकास शाखाको आयोजनामा आइतबार देखि तालिम संचालन गरिएको हो । तालिममा अपीहिमाल गाउँपालिका –३ का ३२ जनाको सहभागिता रहेको छ ।
यस्तै तालिम ४५ दिन सम्म संचालन हुने छ । गाँजाको लोताबाट कपडा बुन्ने परम्परागत प्रविधिलाई विस्तापित गर्दै आधुनिक प्रविधिको स्ुरुवात गर्नका लागि तालिमको आयोजना गरिएको अपीहिमाल गाउँपालिकाका उद्योग विकास शाखा प्रमुख धर्मानन्द भट्टले बताए ।
उद्घाटन कार्यक्रममा अपीहिमाल गाउँपालिका ३ का वडा अध्यक्ष गगन सिंह कार्की र वडा सचिव दिपक राज जोशीको सहभागिता रहेको थियो । यस्तै आइतबार देखि नै वडा नम्बर १ मा पनि अल्लो प्रशोधन तालिम संचालन गरिएको छ ।