दार्चुलामा १७ वर्षीय किशोर मृत फेला

दार्चुला – दार्चुलामा एक किशोर मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–२ सुण्डमुण्डका १७ वर्षीय कमलेश टमटा झुण्डिएको अवस्थामा मृत फेला हुन् ।

शनिवार बिहान टमटा आफ्नै घरको धूरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक गोविन्द भण्डारीको कमाण्डमा प्रहरी टोली खटिएर मुचुल्का तयार पारी शवलाई जिल्ला अस्पताल ल्याइदैछ ।   घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.